Websoft University

www.aagopati.com

यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

Latest Post

पत्रकार महासंघ मोरङ शाखामा नयाँ नेतृत्व , इनेपालपत्रका सम्पादक निरौला सहसचिबमा निर्वाचित:

विराटनगर , २७ चैत । नेपाल पत्रकार महासंघ मोरङ शाखामा नयाँ नेतृत्व आएको छ । अध्यक्षमा प्रेस युनियन गठबन्धनका शंकर खरेल र प्रेस चौतारीका सञ्जीव खनाल बिच प्रतिस्पर्धा भएको थियो । चौतारी तर्फका उम्मेद्बार खनाल अध्यक्षमा निर्वाचित भएका छन् । बुधबार भएको मत गणनाको अन्तिम नतिजामा प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त प्यानलका शंकर खरेललाई […]

भोगटेनी, ३ चैत । मोरङ साकोसले लेटाङ १ मा पर्ने भोगटेनी माबिका ६५ जना बिध्यार्थिलाई झोला बितरण गरेको छ ।

आईतबार एक कार्यक्रमका बिच बिध्यार्थिहरुलाई झोला बितरण गरिएको संस्थाका अध्यक्ष निलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सदस्यता बिस्तार तथा झोला बितरण गर्ने कार्यक्रम बनाएर ५ दिन सम्म अभियानका रुपमा संस्थाले कार्यक्रम गरेको थियो ।


डम्बर सिन्चिउरी

जाँते , ३ चैत्र।उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँते स्थित श्री माध्यमिक विद्यालयको प्राङ्गणमा फाल्गुण २८ गते देखि चैत्र ३ गते सम्म सन्चालित ५ दिने निशुल्क योग शिविर स्थानिय
लेटाङ्ग ८ र ९ मा वडा स्तरीय योग कमिटि गठन गर्दै सम्पन्न भएको छ ।
यस अघि नगर स्तरीय कमिटि मात्र रहेको पतन्जली योग नगर समिति लेटाङ्गले पहिलो पटक वडा कमिटी गठन गरेको हो । यसरी गठित कमिटि मध्ये लेटाङ्ग ८ मा भोलानाथ पाण्डे संयोजक रहेका छन् भने चुडामणि खतिडा , दोम नाथ तिंसिना , थानेश्वर गौतम र गंगा प्रसाद पाण्डे सदस्य रहेका छन् ।
यसै गरी वडानम्बर ९ मा सीताराम भण्डारी संयोजक रहेका छन् । सदस्यहरुमा हरि प्रसाद सुवेदी, ममता भण्डारी , निता देवी दाहाल , ओम प्रकाश गदाईली , राजकुमार पाङ्गमी मगर र मथुरा अधिकारी तिंसिना रहेको पतन्जली योग नगरसमिति लेटाङ्ग अध्यक्ष डिल्लि पोखेरेलले बताएका छन् ।
लेटाङ्ग नगर उपप्रमुख कृष्णकुमारी निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा प्रत्यक्ष सहयोग पुर्याउने विभिन्न संघ संस्थालाई कदर पत्र समेत प्रदान गरिएको योग नगर समिति लेटाङ्गकी महामन्त्री विद्या लामिछानेले वताएकी छन् ।
यसरी सम्मान पाउने संस्था हरुमा लेटाङ्ग नगर पालीकाको कार्यलय , स्थानिय वडानम्बर ८र९ को कार्यलय र श्री मा। वि। रहेका छन् ।
पतन्जली योग नगर समिति लेटाङ्गको आयोजनामा सम्पन्न उक्त शिविरलाई जिल्ला योग समिती मोरङ्गले प्राविधिक सहयोग गरेको थियो । साथै उक्त शिविरलाई लेटाङ्ग नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको थियो ।
औपचारी रुपमा योग शिविर आज बाट सम्पन्न भए पनि भोलि बाट यसै प्राङ्गणमा योग प्रशिक्षणको कार्यले निरन्तरता पाउने नवगठित वडा समितिले जनाएको छ।


भारतबाट सस्तोमा तरकारी र टमाटर आउँदा नेपाली उत्पादन बारीमै कुहिँदै:

हरिप्रसाद कोइराला उर्लाबारी, १२ फागुन । भारतबाट सस्तो टमाटर भित्रिएपछि नेपाली तरकारी किसानको टमाटर बारीमै कुहिन थालेको छ । माघ दोस्रो सातासम्म प्रति केजी २० रुपियाँमा ब्यापारीले बारीबाट उठाउँदै गरेको टमाटर माघको तेस्रो सातादेखि प्रति केजी १० रुपियाँमा पनि बिक्री हुन छोडेको छ । टमाटर मात्र होइन ब्रोकाउली, बन्दा र आलुसमेत भारतबाट सस्तो मूल्यमा आउँदा […]


बेलबारी फाईनल प्रबेश:

लेटाङ, २९ माघ । लेटाङमा जारी नकआउट फूटबल प्रतियोगिताको आजको सेमिफाईनल खेलमा बेलबारी फूटबल क्लब बिजय भएको छ । यो संगै बेलबारी फाईनल प्रबेस गरेको छ । फाईनल खेलका लागि बेलबारी फूटबल क्लब र नक्सलबारी फूटबल क्लब बिच भएको प्रतिस्पर्धामा दोश्रो हाफको १० औ मिनेटमा जर्सी नं २ का सुमन श्रेष्ठले गरेको गोल निर्णायक बन्यो […]

नेपालमा रहेका शरणार्थी चिन्तित:

अर्जुन राजवंशी बिर्तामोड २९ माघ । बेला–बेलामा जंगली हात्ती पस्छन् र छाप्रा भत्काउँछन् । सुक्खा समय भएकाले आगलागीका घटना पनि भइरहन्छन् । वृद्धवृद्धा, एकल, अशक्त र बिरामीको कन्तबिजोग छ । झापा र मोरङका भुटानी शरणार्थी शिविरमा यी नयाँ समस्या होइनन् । तर पुस १७ यता अवस्था फरक छ । दमक–३ बेलडाँगी र पथरी शनिश्चरे–१० शनिश्चरेस्थित शिविरमा बाँकी रहेका शरणार्थी चिन्तित […]

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget