Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बिग्रिएको सम्बन्ध सुधार्छुः केपी ओली

काठमाडौँ, फाल्गुन ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणका क्रममा दुई देशबीच बिग्रिएको सम्बन्धलाई समझदारीमा फर्काउने विषयलाई प्राथमिकतामा राखिने बताएका छन् ।
 kp


भ्रमण दलमा सहभागी सदस्यहरूलाई आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले नेपालको सम्मान र गरिमा बढ्ने गरी प्रस्तुत हुन आग्रह गरे ।


भारत सरकारले यस भ्रमणलाई विशेष महत्व र गम्भीरताका साथ लिएकाले दुई देशबीचको सम्बन्ध सुधारमा नयाँ आयाम थपिने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरे ।


उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले भ्रमणको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।


प्रधानमन्त्री ओली भोलिदेखि पाँचदिने भारत भ्रमणमा जाँदैछन् ।

 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget