रेणु पराजुली ओखलढुगां माघ ,२६
नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिबेशनवाट पूर्व जिल्ला सभापती प्रदिप कुमार सुनुवार पुन जिल्ला सभापतीको दोश्रो कार्यकालका लागि आफ्नो प्यानल सहित विजयी हुनुभएको छ । अधिबेशनले जिल्ला सचिवमा नवराज के सी र कोषाध्यक्षमा थमन सिंह गुरुङ्गलाई निर्वाचित गरेको छ । निर्वाचित तीनै जना देउवा पक्षका हुन् ।
अन्य जिल्ला समिति सदस्यहरुमा क्षेत्र नं. १ वाट खुल्ला तर्फ राज कुमार ढुंगाना, प्रदिप बानिया, सर्बधन राई, होम बहादुर कार्की र सन्तोष बाबु थापा विजयी हुनुभएको छ । जनजाती वाट पदम कुमार तामाङ्ग, दलितबाट अम्बर बहादुर बिश्वकर्मा, महिलावाट सितामाया तामाङ्ग र संगीता राई विजयी हुनुभएको छ ।
त्यस्तै खुल्ला कै क्षेत्र नं. २ वाट अशोक कुमार राई, कुमार बहादुर श्रेष्ठ, टीका बहादुर बुढाथोकी, राजन कुमार सुवेदी र रामचन्द्र बोगटी निर्वाचीत हुनु भएको छ । महिला वाट हेम कुमारी तामाङ्ग र मैया राई, जनजातीवाट निरकुमार ढुंगाना, दलित वाट सुन्तली परियार निर्वाचित हुनुभएको छ ।
यस अघि भएको क्षेत्रिय अधिबेशनले महाधिबेशन प्रतिनिधीहरुको पनि टुंगो लगाई सकेको छ । महाधिबेशन प्रतिनिधिहरुमा क्षेत्र नं. १ को खुल्ला तर्फवाट बालकृष्ण दाहाल, तेजेन्द्र खनाल, मित्रसेन दाहाल, डिल्लीराम खनाल, लिलाबल्लभ दाहाल “काका” र टेकराज भट्टराई निर्वाचित हुनुभएको छ । आरक्षण कोटा अन्तर्गत जनजातीवाट पेमाङीमा शेर्पा, दलितवाट युवराज गजमेर, महिला वाट गोमा केसी र हेमा लक्ष्मी राई, अल्पसंख्यकवाट प्रदिप कुमार सुनुवार विजयी हुनुभएको छ ।
त्यस्तै क्षेत्र नं. २ वाट निर्वाचित महाधिबेशन प्रतिनिधिहरुमा रामहरी खतिवडा, रुद्र प्रसाद अधिकारी, कमल तामाङ्ग, कुमार लुईटेल, रामजी बास्तोला, अशोक कार्की निर्वाचित हुनुभएको छ । आरक्षण कोटा अन्तर्गत महिलावाट बाला अधिकारी र सबिता राई, जनजातिवाट ज्ञानेन्द्र रुम्दाली, दलितवाट होम बहादुर बि.क. र अल्पसंख्यकवाट गुणराज भट्टराई निर्वाचित भै सकेका छन् । विजयी प्रदीप कुमार सुनुवार नेपाली कांग्रेस ओखलढुगाका निवर्तमान जिल्ला सभापती समेत हुन् ।
नेपाली कांग्रेस ओखलढुंगाको क्षेत्रिय अधिवेशनवाट नेपाल सरकारका पूर्ब कृषि मन्त्रि होमनाथ दाहाल र ट्रेड युनियन कांग्रेसका केन्द्रिय अध्यक्ष खिलानाथ दाहाल भने क्षत्रिय अधिबेशनको चुनावमा नै कार्यकर्ताको अबिश्वासका कारण पराजित भएका छन् ।