Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

उपकमाण्डर झापाबाट पक्राउ

दमक,  फाल्गुन १२ गते । भूमिगत किरात मुलवासी राष्ट्रिय फोर्स हाराहाङ्ग समूहका उपकमाण्डरलाई प्रहरीले आज झापाको दमकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा संजराज लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

nnju

उनलाई दमक – १२ सुकुम्वासी वस्तीमा लुकेर बसेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक भीमवहादुर दाहालले जानकारी दिनुभयो ।

ताप्लेजुङका स्थानी वासिन्दा समेत रहेका उनी कोही समयदेखि झापामा बसोवास गर्दै आएको प्रहरीले जनाएको छ ।गत असोज महिनामा ताप्लेजुङको इखावु भन्ने स्थानमा प्रहरीसंगको दोहोरो भिडन्तमा उनी संम्लग्न भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनी हातहतियार तथा खरखजना मुद्धाका फरार अभियुक्त रहेको र उनलाई आज नै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पठाइएको प्रहरीले जनाएको छ ।

 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget