Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजीमा केशरीराज घिमिरे

विराटनगर,२९ माघ । पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी केशरीराज घिमिरेले कार्यभार सम्हाल्नु भएको छ ।dig

पूर्व क्षेत्रीय प्रहरी प्रमुखका रुपमा घिमिरेलाई प्रहरी प्रधान कार्यालयले यही माघ २१ गते सरुवा गरेर पठाएको थियो । घिमिरे यस अघि लागूऔषध नियन्त्रण व्यूरोमा कार्यरत हुनु हुन्थ्यो । डीआईजी घिमिरे हिजो विराटनगर आइपुग्नु भएको हो ।

कार्यभार सम्हाल्दै उहाँले विभिन्न खालका अपराध, सीमा क्षेत्रमा हुने चोरी तस्करी र मानवबेचबिखन नियन्त्रणलाई आफ्नो मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । यस अघि पूर्व क्षेत्रीय प्रहरी प्रमुखका रुपमा रहनु भएका डीआईजी माधवप्रसाद जोशीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएर काठमाडौंमै सरुवा गरिएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget