Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सम्भोग गर्न नपाएपछि हात्तिको तमासा, १५ वटा कार ध्वस्त पार्यो

जंगलमा ढोइसँग संसर्ग गर्न नपाएपछि एउटा हात्ती मुर्मुरिँदै जंगल बाहिर निस्किएर आतंक मच्चाएको छ । सेक्स गर्न नपाएको झोँकमा उक्त हात्तीले १५ वटा कार ध्वस्त पारेको छ ।
घटना चीनको हो । दक्षिणी चीनको जिसुआंगबानास्थित वन्यजन्तु आरक्षबाट निस्किएको मत्ता हात्तीले एक दर्जनभन्दा बढि कारमा क्षति पूराएको छ । वन्यजन्तुविदहरुका अनुसार जंगलमा पोथीसँग सम्भोग गर्न नपाएपछि हात्ती आक्रोशित हुँदै बाहिर निस्किएको थियो र उसले सुरुमा कारहरुलाई सुँडले मुसारेपछि पछि भने तिनै कारलाई लडाइदिएको थियो ।
अधिकारीहरुका अनुसार यसअघि हात्ती समूहको राजा रहेको उक्त भाले हात्तीलाई अर्को मत्ता हात्तीले पराजित गरेको थियो र पोथी हात्तीहरु उसलाई छाडेर नयाँ मत्ता हात्तीसँग लहसिएका थिए ।
सम्भोग गर्न नपाएर रिसले चूर भएको हात्तीले ध्वस्त पारेका कारको क्षतिपूर्ति सरकारले दिनेछ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget