
संविधान बनाउने बेलामा एकै ठाउँमा रहेका काँग्रेस, एमाले र एमाओवादीको सहकार्य नभएसम्म संविधान कार्यान्वयन जटिल बन्ने बताए ।
जिल्ला विकास समिति रामेछापको सोमबार मन्थलीमा सम्पन्न २१ औ जिल्ला परिषदको निर्णय सार्वजनिकिकरण कार्यक्रममा बोल्दै एमाओवादी नेता समेत रहेका गजुरेलले नेपालको राजनीतिमा राजनीतिक दलहरुले ठूलो ब्रेक गरेका भए पनि व्यवहारमा अझै ब्रेक गर्न बाँकी रहेको बताए ।
वर्तमान संविधानले महिलाको अधिकार, खाद्यसम्प्रभुता, स्वास्थ्य, शिक्षा लगायतका अधारभूत अधिकारको ग्यारेन्टी गरेको पनि उनले बताए ।
कार्यक्रममा सांसद कमला सुवेदी, एमाओवादी केन्द्रीय सदस्य धावा लामा, जिल्ला स्थिति राजनितिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल तथा विभिन्न नागरिक संगठनका प्रमुख एवं प्रतिनिधिहरुले पनि जिविसले सार्वजनिक गरेको कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले रामेछाप जिविसको आर्थिक वर्ष ०७३/०७४ को कुल ३ अरव ६१ लाख ३७ हजार ७८ रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसमा चालु तर्फ १ अरव ९६ करोड ४ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
जिल्ला विकास समितिले आगामी वर्षका योजनामा भौतिक पूव्र्ााधार तर्फ जिल्लाका सबै गाविसलाई सदरमुकामसम्म जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसै गरी झोलुङ्गेपुल निर्माण तथा मर्मत, बैकलल्प्िाक उर्जा, सहरी पूर्वाधार विकास लगायतका कार्यक्रमहरु प्राथिमिकतामा छन् ।
त्यस्तै कृषि, सिँचाई, उद्योग, पर्यटनका योजना पनि जिल्ला विकास समितिका प्राथमिकताका योजनामा छन् । भूकम्पको कारण क्षति पुगेको विद्यालय, स्वास्थ्य संस्था लगायतको पुनःनिर्माण तथा स्तरोन्नतिका कार्यक्रम पनि प्राथमिकताको योजनामा रहेका छन् ।