
नेपाली काग्रेसका नेता तथा केन्द्रिय सदस्य नविन्द्रराज जोशीले अहिलेको सरकारले सस्तो लोकप्रियताको नाम्मा जनतालाई झुक्याउने काम मात्रै गरेको आरोप लगाउनुभएको छ ।
पाँचथरको फिदिममा आज विहान पाटी भेटघाट तथा पत्रकार सम्मेलनमा वोल्दै उहाँले भुकम्प पिडितलाई पर्नुस्थापना तत्काल राहत र वढ्दो कालोवजारी न्यूनिकरण गर्नको सटटा हावादारी कुरा गरेर सरकारको आयु मात्रै वढाउने काम गरेको आरोप लगाउनुभयो ।
पाटी संघिय गठवन्धनको माग प्रति गम्भिर रहेको वताउँदै उनीहरुको माग सम्वोधनको निम्तिको अहिलेको सरकार लाग्नुपर्ने उहाँको भनाई छ ।
उहाँले अहिलेको मुख्य समस्या भनेको भुक्म्प पिडितलाई तत्काल घर निर्माणको निम्ति सहज प्रक्रियाबात राहात वितरण गर्नुपर्ने ठाउँमा अहिले प्राधिकरण प्रमुख नै विदेश भ्रमणमा जानु दुखद भएको वताउनुभयो ।
नेपाली काग्रेस सरकारमा जान हतारो नगरेको तर एमाओवादीले नै अहिलेको वर्तमान सरकार असफल भइसकेको र आफनै नेतृत्वमा सरकारमा जाने निर्णय गरेकोले काग्रेसले साथ मात्रै दिएको उल्लेख गर्नुभयो । यो सरकार म्यादी सरकार भएकोले धेरै दिन टिक्न नसक्ने उहाँको टिप्पणी थियो । नेपाली काग्रेस पाटी जिल्ला सचिव रुपनारायण जवेगुले संचालन गर्नुभएको कार्यक्रमको सभापतित्व पाटी सभापति नरेन्द्र कुमार केरुङले गर्नुभएको थियो । पाटी जिल्ला सदस्य बालकृष्ण ओझाले स्वागत मनतब्य ब्यक्त गर्नुभएको थियो ।