Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

तीन बर्षभित्र बहुमूल्य पत्थर र खनिजको अन्वेषण गरिसक्ने सरकारको दाबी काठमाडौंमा जेम्स एन्ड ज्वेलरी एक्सपो सुरु

फाइल तस्वीर
KP-Sharma-Oli७ जेठ, काठमाडौं । सरकारले सबै प्रकारका खानीजन्य पदार्थको उत्खनन र उपयोगका लागि तिब्र रुपमा काम भइरहेको दाबी गरेको छ । तीन बर्षभित्र सबै प्रकारका बहुमूल्य रत्न पत्थर तथा खानीजन्य पदार्थको अन्वेषण गरी उत्खननमा लाग्ने सरकारको दाबी छ ।
शुक्रबारदेखि राजधानीको याक एण्ड यती होटलमा सुरु जेम्स एन्ड ज्वेलरी एक्स्पो उदघाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सो कुराको दाबी गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘प्राकृतिक हिसाबले हामी निकै धनि छौं र हामीसँग भएको धनलाई अधिकतम उपयोग गर्नेतर्फ लाग्नुपर्छ । यस कामका लागि सरकार तिब्रताका साथ अघि बढिरहेको छ ।’
नेपाललाई प्रकृतिले खानी, जलस्रोत, उर्बर जमिन दिएको भन्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म रोकिएका विकासका काममा सरकार अग्रसर रहेको बताए ।
‘अहिले सरकारले लिएको गति मान्छेलाई देख्न गाह्रो परिरहेको छ । हिँडेको, दौडेको मान्छेलाई उभिएर देखिदैन, देख्नलाई सँगसँगै दौडिनुपर्छ’ उनले भने- ‘यहाँ सरकार कुदिरहेको छ तर, मान्छेहरु उभिएर हेर्न खोज्छन् । उभिएर हेर्ने र कुद्नेबिच तालमेल मिल्दैन अनि सरकारको कुरा काट्न थाल्छन् ।’
कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डेले अहिलेसम्म नेपालमा रहेको बहुमूल्य पत्थर बोरामा राखेर माटोको मूल्यमा निर्यात भइरहेको भन्दै अब प्रशोधन गरी बढीभन्दा बढी मूल्यमा बिक्री गर्ने बताए ।
‘३ बर्षभित्र सबै बहुमल्य रत्न पत्थर तथा सबै खानीजन्य पदार्थको अन्वेषण गरी उत्खननमा लाग्छौं । हाम्रो उद्देश्य हामी भ्यालु प्रोेडक्ट निर्यात गर्ने रहेको छ,’ मन्त्री पाण्डेले भने ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी हस्तकला महासंघले संयुक्त रुपमा एक्स्पो आयोजना गरेका हुन् ।
जेम्स एन्ड ज्वेलरी एक्स्पोमा तीन दिन आइतबारसम्म चल्ने बताइएको छ । मेलामा सुनचाँदी र पत्थरका आकर्षक गरगहना प्रर्दशनीमा राखिएका छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget