Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सिंगो नेपाल बोके आफ्नै ट्रकमा टन्डनले

अनिष्मा बस्नेत काठमान्डौ १३ जेष्ठ। दाङमा जन्मिएका एनबी टन्डन विगत ११ वर्ष देखि क्यानडामा रहँदै आएका छन् । उनले ड्राइभरको पेशा अँगाल्दै आएका छन् । उनी अन्य मुलुकमा रहेर ड्राइभरको पेशा अँगालेतापनि आफ्नो देश नेपाल र नेपालको राष्ट्रियतालाई निकै माया गर्दछन् । ड्राइभरको पेशाबाटै उनी विगत ३ बर्ष देखि आफ्नो देशको राष्ट्रियता झल्काउने काम पनि सँगसँगै गरिरहेका छन् । अमेरिका र क्यानडा घुम्ने २९ लाख ट्रक छन् । 

तीमध्ये एउटा ट्रक उनले चलाउँछन् र उनको ट्रक अरु भन्दा छुट्टै देखिन्छ, उनको ट्रकमा भित्र सामान हुन्छ भने वाहिर सिंगो नेपाल बोकेर हिड्छन् । उनको ट्रकमा सगरमाथा, स्वयम्भू, लुम्बिनी, बुद्ध, पशुपतिनाथ र नेपालको झण्डा सुन्दर ढंगले कुँदिएको छ, जुन दृश्यले हरेक व्यक्तिलाई लोभ्याउने गर्दछ । अमेरिकी र क्यानडियनहरुले उनलाई सोध्ने गर्दछन् ‘के हो यो ?’ र उनी पनि सगर्व उत्तर दिइहाल्छन् ‘बुद्ध जन्मेको र सर्वोच्च शिखर सगरमाथा भएको हाम्रो देश नेपाल हो’ भनेर । क्यानडा र अमेरिकाका विभिन्न शहरमा ट्रक लिएर कुदिरहेको समयमा एक दिन उनलाई लाग्यो, ‘यत्रो ठाउँ पुगिन्छ, नेपाल घुम्नका लागि राम्रो स्थान हो कसरी भन्न सकिन्छ भन्ने वारेमा सोच्दै जाँदा उनलाई यस्तो आइडिया आएको बताउँछन् । तर अमेरिका र क्यानडा बरोबर गइरहनुपर्ने र अध्यागमनमा रोक्न सक्ने शंका लागेपछि उनी नीति–नियमले दिने–नदिनेबारे बुझन अध्यागमन गए र अध्यागमनका कर्मचारीलाई आफ्नो कुरा राख्दा मिल्ने तर आफ्नै पैसा खर्च गरेर यस्तो गर्ने तिमी मूर्ख हौँ भनेर भनेता उनी त्यसको प्रवाह नगर्दै आफ्नो ट्रकलाई सिँगारे र पनि सिँगारेको देखेपछि अध्यागमनकै कर्मचारीले उनको प्रशंशा गर्दै ‘तिमीले त गजबै ग¥यौं’ भनेको उनी खुशीका साथ सम्झन्छन् । अहिले जो कसैले सोध्यो भने उनले नेपालबारे स्पष्ट बताउने र एकचोटि घुम्न जानको लागि सिफारिस गर्ने गर्दछन् । नेपालको बारेमा बताए पछि उनलाई प्रायजसो सबैले जीवनमा एकपल्ट नेपाल गएरै छाड्ने प्रतिवद्धता गर्दछन् त्यसमध्येमा कति त गइसकेको बताउँछन् । उनले ट्रकले नेपाल बोकेर क्यानडा पुरै र अमेरिकाको दुई राज्यमात्रै पुग्न बाँकी रहेको छ । 


उनले नेपालमा गत बर्ष गएको महाविनाशकारी भुकम्पपछि ट्रककै माध्यमबाट पुनःनिर्माणका लागि सघाउन सफल भएको थिए । उनले आफ्नो ट्रकमा लेखेरै नेपालको पुनःनिर्माणमा सघाउन आग्रह गरेका थिए । नेपालमा ड्राइभरलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको र त्यसलाई ड्राइभर आफैँले र सरकारले पनि यसलाई सुधार्न सहयोग गर्नुपर्ने बताउँछन् । उता ड्राइभरको पनि राम्रो सम्मान हुने हुनाले आँफूलाई ड्राइभर भन्न कुनै हिचनकिचाउने बताउँछन् । अहिले उनले क्यानडा र अमेरिकामा ड्राइभिङ पेशा अँगालेकाहरुको एउटा संगठन तयार पारेका छन् । उनको संगठनमा अहिले सयजना भन्दा बढि सदस्यहरु रहेका छन् । उनको उक्त संस्थाले नेपालको स्थास्थ्य र शिक्षा क्षेत्रमा सकेको योगदान दिने छ । भने नेपाली ड्राइभरले किशोरीलाई जिस्क्याउने गरेका कारण उनीहरुमाझ नै अलोकप्रिय हुने गरेको ठहर गर्दै किशोरीको स्वास्थ्यका लागि उक्त संगठनले पहिलो चरणमा लगानी गरी सकेको छ । गुल्मीमा गंगा खड्कालाई स्वास्थ्य दूत बनाएर स्वास्थ्य चेतना तथा कोशोरीहरुको लागि महिनावारी भएको समयमा प्रयोग गर्ने प्याड निःशुल्क वितरण गर्ने व्यवस्था मिलानुका साथै दुर्गम क्षेत्रका विद्यालयका लागि ‘फस्ट एड किट’ वितरण गर्ने कार्यको पनि थालनी भइसकेको उनी बताउँदछन् । 
आफ्नो संगठनका सदस्यले उठाएको लेबीबाट स्वास्थ्य र शिक्षा क्षेत्रमा केही गर्न खोजिरहेको ड्राइभर एसोसिएसनले चाँडै नै सदस्य संख्या पाँच सय पु¥याउने लक्ष्य लिएको टन्डन बताउँछन् । अहिले उनी यस संगठनमा अध्यक्षको पदमा रही संगठनलाई सम्हालिरहेका छन् । यसैगरी उनले गरैनाफामूलक संस्था नेपाल विकास टिमको अवधारणा पनि अघि सारेका छन् । नेपालको विकासका लागि नेपाललाई सहयोग गर्न चाहनेबाट लिने र सीधा सम्बन्धित काममा सहयोग गर्ने योजना अन्तर्गत यो अवधारणा अघि सारको उनी बताउँछन् । 


दाङदेखि क्यानडा र अमेरिकासम्म टण्डनले नेपालको पर्यटन क्षेत्र र सिंगो नेपाललाई चिनाउने यो कामको प्रशंशा गर्दै हाल नेपाल सरकार तथा पर्यटन बोडले यहि मे १९ देखि टन्डनलाई क्यानडाको लागि नेपालबाट मानार्थ पर्यटन दुतको रूपमा नियुक्त गरेको छ । ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget