Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नौ महिनाको अवधिमा ११ लाख रुपैया वढि राजश्व संकलन

ट्राफिक प्रहरी कार्यालय पाँचथरको लागि तस्बिर परिणामपाँचथर जेष्ठ ११ गते।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले ९ महिनाको अवधिमा ११ लाख २७ हजार २ सय रुपैया राजश्व संकलन गरेको छ । साउन देखि वैशाख मसान्त सम्ममा उक्त रकम संकलन गर्न सफल भएको हो ।
अपेक्षित राजश्व भन्दा वढि राजश्व संकलन भएको कार्यालय प्रमुख उत्तम भण्डारीले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७२÷७३ को अन्तिममा सम्ममा झण्डै १५ लाख रुपैया रकम संकलन हुन सक्ने उहाँले वताउनुभयो ।
यस आर्थिक वर्षको सुरुवाती महिना साउनमा ८८ हजार २ सय रुपैया,भदौमा ८५ हजार ८ सय,असोजमा ५७ हजार ८ सय,कार्तिकमा १ लाख ८ हजार ५ सय,मंसिरमा १ लाख ९ हजार ७ सय,पौष महिनामा १ लाख २४ हजार ९ सय,माघ महिनामा १ लाख २७ हजार ९ सय,फागुन महिनामा १ लाख ३४ हजार २ सय, र चैत्र महिनामा १ लाख ३१ हजार ३ सय र वैशाख महिनामा १ लाख ६० हजार रुपैया रकम संकलन भएको कार्यालयले जनाएको छ ।
ट्राफिक चेकजाँचमा कडाई तथा सवारी चालक अनुमतिपत्रको फारम नखुल्दा विना लाइसेनस मोटरसाइकल लगायत सवारी साधन चलाउँदा राजश्वमा वृद्दि भएको कार्यालय प्रमुख भण्डारीले वताउनुभयो । यस्तै गत आर्थिक वर्ष ०७१÷७२ मा भने १२ लाख २७ हजार ९ सय रुपैया राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget