Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सामुदायिक वन उपभोक्ता महासंघ भोजपुरले जिल्लाका नया उद्यमलाई सहयोग प्रदान


भोजपुर जेठ १२ 
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ भोजपुरले जिल्लाका २ वटा नया उद्यमलाई सहयोग प्रदान गरेको छ ।
महासंघले बहुसरोकारवाला वन कार्यक्रम मार्फत जिल्लाको पुर्वी याङ्गपाङ्ग गाविसमा स्थापना भएको बेतबाँस उद्योग र भोजपुर नगरपालिकामा स्थापना भएको जडिबुटी नर्सरीलाई आर्थिक सहयोग अनुदान स्वरुप उपलव्ध गराएको हो ।
महासंघले याङ्गपाङ्ग गाविसमा स्थापित जाल्पादेवी बेत बाँस उद्योगको लागि १ लाख ७७ हजार रुपैँया उपलव्ध गराएको हो । महासंघले सहयोग प्रदान गरेपछि उद्योग सञ्चालक बलबहादुर दाहालले हाल बेतबाँसका विभिन्न सामग्रीहरु उत्पादन तथा विक्री वितरण गर्दैै आएका छन् । उनले सो उद्योगमा डालो नांलो, कुर्सी, टेवल, थुन्से ट्रे लगायतका २० भन्दा बढि घरायसी सामग्रीहरु उत्पादन गरिरहेका छन् ।
त्यसैगरी सदरमुकामको मातृभुमी कृषि तथा पशुपालन फर्मलाई पनि १ लाख ७७ हजार रुपैँया अनुदान स्वरुप उपलव्ध गराएको कार्यक्रम संयोजक टेकबहादुर थापाले बताए । सो फर्ममा रुद्राक्ष, बाँस, ओखर, मोरिंगा, तेजपात लगायत विभिन्न प्रजातिका विरुवाहरु उत्पादन भईरहेको छ ।
आरआरएनको सहयोगमा बहुसरोकारवाला वन कार्यक्रम विगत ३ वर्ष अगाडिबाट भोजपुरमा सञ्चालित छ । बहुसरोकारवाला वन कार्यक्रमले वन वातावरण, जलवायू परिवर्तन, आयआर्जन लगायतका क्षेत्रमा काम गरिरहेको आरआरएन भोजपुरका जिल्ला संयोजक विनय कुमार शाहले बताए 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget