Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

विराटनगरमा अत्याधुनिक तथा सुविधासम्पन्न बसपार्क निर्माण हुने


काठमाण्डौँ ,जेठ ७ ।
 विराटनगरमा कुल १४ करोड ११ लाख रुपैयाँको लागतमा अढाइ तल्ले अत्याधुनिक तथा सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ ।  बसपार्क निर्माणका लागि विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी र नगर विकास कोषका निर्देशक मणिराम सिंह महतबीच बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी बसपार्क निर्माणका लागि १२ करोड ७० लाख रुपैयाँ ऋण दिने सम्झौतामा हस्ताक्षर गरियो । साढे नौ प्रतिशत ब्याजमा २० वर्षसम्ममा उपमहानगरपालिकाकाले तिरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । ऋणबाहेक नगर विकास कोषले थप एक करोड पाँच लाख रुपैया अनुदानसमेत दिने भएको छ । १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने उद्देश्य लिइएको कार्यकारी प्रमुख रेग्मीले बताउनुभयो । बसपार्क निमार्णका लागि विराटनगर उप–महानगरपालिकाले पहिलो चरणमा  ३५ लाख २७ हजार रकम व्यहोर्नुपर्नेछ । बसपार्कमा साना र ठूला गरी ५० वटा बस राख्न सक्ने क्षमता रहने बताइएको छ । 

 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget