मोरङ, जेष्ठ ११ गते।
मोरङको बेलबारी नगरपालिका ४ मा ७० वर्षिय एक बृद्धको पानीमा डुबेर मृत्यु भएको छ।
स्थानीय पूर्ण बहादुर गुरुङको आज बिहान पानीमा डुबेर मृत्यु भएको हो। घरबाट ४ बजे मर्निङवाकमा निस्केका गुरुङ घर नजिकैको कलभर्टमा बिहान डुबेको अवस्थामा मृत फेला परेका थिए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई घटनाबारे अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।