मोरङ, १५ जेष्ठ । मोरङको उर्लाबारीमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिएर एक पुरुष घाइते भएका छन्।
उर्लाबारी नगरपालिका ६ स्थित सन्जोरा पुलमा बिहान ९ बजेतिर पूर्वबाट पश्चिमतर्फ जादै गरेको बसको ठक्करबाट साइकलमा सवार स्थानीय वर्ष ६० का किसनलाल धिमाल घाइते भएका हुन।
घाइते धिमालको को न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने बस, साइकल र बसका चालक इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।