Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

जुँगे पुरुष मन पर्दैन

Rashmi-Tamang
काठमाडौं । लोक दोहोरी भिडियोमा सर्वाधिक ब्यस्त मोडल हुन् रश्मी तामाङ । तिनसय बढी भिडियोमा अभिनय गरेकी रश्मीलाई फिल्मप्रति भने रुची छैन । ‘म लोक दोहोरीवाट आएकी हुँ, लोक दोहोरीमै केही गर्न चाहन्छु ।’  रश्मीले भनिन् ।
यो विचमा उनलाई केही फिल्मवाट प्रस्ताव पनि आयो । फिल्मको विषय कस्तो छ समेत नसोधी काम गर्दिन भनिन् ‘मलाई काम गर्ने मनै नभएपछि को निर्देशक कस्तो विषय केही सोधिन् सिधै काम गर्दिन भनेँ ।’
लोकदोहोरी भिडियोवाट हुने कमाईवाट सन्तुष्ट रश्मी नेपाली समाजमा दोहोरी गीतको प्रभाव राम्रो भएकोमा मख्ख छिन् । उनी भन्छिन् ‘शहरका मान्छेले समेत मनोरञ्जनका लागि दोहोरी गीत सुन्ने गरेका छन् त्यसकारण रमाइलो लाग्छ ।’
स्वदेश एवं विदेशका धेरै स्टेजमा धुम मच्चाएकी रश्मी स्टेजमा नाँच्दा छुट्टै मज्जा आउने बताउँछिन् । जापान, हङकङ, दुबई लगायतका मुलुकमा कार्यक्रममा सहभागी भएकी रश्मीलाई अष्ट्रेलिया र सिंगापुर जाने मन छ । उनका धेरै साथीहरुले सिंगापुरको बयान गरेका छन् । ‘धेरै साथीहरुले निकै राम्रो छ भनेकाले दुईटा देस जान मन लागेको छ ।’ उनले भनिन् ।
साइड डान्सरवाट नायिका
सुरुमा विभिन्न गीतमा साईड डान्स गर्थिन रश्मी । सिन्धु मल्लको एउटा गीतमा साईड डान्स गर्दा गर्दै थिइन्, सिन्धुको आँखा रश्मीको डान्समा पर्‍यो । ‘यो बहिनीलाई नायिका बनाउनु पर्‍यो निकै राम्रो नाच्दी रहिछन् ।’ सिन्धुले भनेपछि हो भन्नेहरु धेरै भए ।Rashmi-tamang-2
त्यसपछि अगाडि नाँच्न थालेकी रश्मीले अहिलेसम्म पछाडी फर्केर हेर्नु परेको छैन । उनको एउटा वानी असाध्यै प्रसंसायोग्य छ । हरेक काम समयमै गर्छिन । आजसम्म कुनै पनि निर्देशकले रश्मी आइपुगिन भनेर सेटमा कुर्नु परेको छैन । रश्मी भन्छिन् ‘एक मिनेट भए पनि छिटो पुग्छु । मलाई अहिलेसम्म कसैले कुर्नु परेको छैन ।’
अरुले ढिला गरिदिँदा रिसाएर फर्किएको घटना भने धेरै छन् । रिसाउनु नै आफ्नो कमजोरी हो भन्ने रश्मीलाई समयमा काम नहुँदा असाध्यै रिस उठ्छ । ‘यसै त रिसाउने मान्छे सुटिङमा काम नहुँदा त पारो तात्छ ।’ उनले भनिन् ।
जुँगे पुरुष मन पर्दैन
रिलमा धेरैसँग प्रेम गरेकी रश्मीले रियलमा आजसम्म आफुलाई माया गर्ने मान्छे भेटेकी छैनन् । प्रेम र विवाहको वारेमा सोच्नसम्म नभ्याएको धारणा राख्ने रश्मीले अभिनयवाट विश्राम लिएपछि मात्रै विवाह गर्ने बताइन् ।
Rashmi-tamang-3
‘यही फिल्डमा काम गरेर घरवार टिकाउन सकिन्छ जस्तो लाग्दैन । अभिनय छाडेपछि मात्रै विवाह गर्छु ।’ रश्मीले भनिन् । कतिपय कलाकारको घरवार बिग्रेको देखेकी रश्मी बनेको घरलाई बलियो बनाउनुपर्ने मान्यता राख्छिन् ।
‘धेरै कलाकारको घरवार बिग्रेको देखेको छु, त्यसकारण म पनि अभिनय छाडेर मात्रै बिहे गर्छु ।’ रश्मीको भनाई थियो ।

धेरै हाइफाइ पुरुष उनलाई मन पर्दैन । समान्य खालको ठिक्क बोल्ने पुरुष उनलाई आकर्षक लाग्छ । तर, जुँगा पालेको पुरुष पटक्कै मन पर्दैन । ‘मलाई मंगोलिय बर्ण मन पर्छ, हल्का दार्‍ही पालेको ठिकै छ तर,जुँगे मन पर्दैन ।’

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget