Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

६३ करोड ४६ लाख ८ हजार राजस्व संकलन


गोपालप्रसाद पोखरेल
मोरङ १७ जेठ । चालु आर्थीक वर्षको बैशाख मसान्त सम्ममा विराटनगर भन्सार नाका हुदै ५८ करोड ४३ लाख ५९ हजार रुपैया बराबरको मदिरा आयात भएको छ ।


विराटगर भन्सार कार्यलयका भन्सार अधिकृत राजेन्द्र ढुङगानाका अनुसार गत वर्षको साउन देखि बैशाख मसान्त सम्ममा  ५८ करोड ४३ लाख ५९ हजार  रुपैया बराबरको मदीरा आयात हुदा ६३ करोड ४६ लाख ८ हजार राजस्व संकलन भएको छ । ढुङगानाका अनुसार मदिरा उद्योगका लागी तेस्रो मुलुक बाट आयात गरिने कच्चा पदार्थ , तयारी मदीरा लगायत मदिरा जन्य पदार्थ आयातमा सो परिणमको राजस्व असुली भएको हो ।  ढुङगानाले भन्नु भयो,‘गत साउन देखि अहिले सम्म ६३ करोड ४६ लाख ८ हजार राजस्व संकलन भएको हो,‘।
पुर्वाञ्चलमा ,चण्डीका डिस्टीलरी रंगेली , गोल्डेन ग्लोब विराटनगर , पुर्वाञ्चल डिस्ट्रीलरी दुहवी , हिमालयन डिस्ट्रीलरी , जिङ मदिरा उद्योग दुहवी , त्रियुगा डिस्टीलरी सप्तरी ,शारदा डिस्टीलरी र्मिचया, पुर्वाञ्चल मदीरा उद्योग , लगायतका गरी पुर्वाञ्चलका करिव एक दर्जन मदिरा उद्योगहरुले विराटनगर भन्सार नाका हुदै तयारी मदिरा बनाउन कच्चा दार्थ आयात गर्दै आएका छन । पुर्वाञ्चल डिस्टीलरीका संञ्चालक राजेन्द्र साहका अनुसार  पुर्वाञ्चलका मदिरा उद्योग संञ्चाल धेरै जसोले विराटनगर भन्सार नाका हुदै मदिराका कच्चा पदार्थहरु ल्याउने गरेका छन ।
गत आर्थिक वर्षमा ४५ करोड ४७ लाख ६२ हजार बाराबरको मदिरा आयत भएको थियो । ४१ करोड २० लाख राजस्व संकलन भएको विराटनगर भन्सार कार्यलयका भन्सार अधिकृत ढुङगानाले जानकारी दिनुभयो ।
१ अर्ब ५ करोड १५ लाख ७१ हजार राजस्व संकलन
आन्तरीक राजस्व कार्यलय विराटनगरले गत साउन देखि बैशाख मसान्त सम्ममा १ अर्ब ५ करोड १५ लाख ७१ हजार राजस्व संकलन गरेको छ । आन्तरीक राजस्व कार्यलय विराटनगरका प्रमुख रमेशराज गैतामका अनुसार मदीरा ब्यवसायीहरुलाई गरेको जरिवाना र अन्त शुल्कबाट सो रकम संकलन भएको हो । आन्तरीक राजस्व कार्यलय विराटनगरका प्रमुख गैतमले भन्नु भयो,‘ मदिरा लाइए गरेको जरिवाना र अन्त शुल्कबाट सो रकम उठेको हो । गत आर्थिक वर्षमा १ अर्ब २१ करोड ९७ लाख ६८ हजार राजस्व संकलन भएको कार्यलय प्रमुख गौतमको भनाई छ ।
१ करोड १० लाख राजस्व संकलन
विराटनगर उपमहानगर पालिकाले गत साउन देखि बैशाख मसन्त सम्म मदीराका कारोबारीहरुबाट १ करोड १० लाख राजस्व संकलन गरेको छ । संस्था नविकरण, र जरिवाना बापत सो राजस्व संकलन भएको  विराटनगर उपमहानगर पालिकाका बितीय ब्यवस्थापन शाखाका प्रमुख अर्जुन थपलीयाले बताउनु भयो । उहाँले भन्नु भयो,‘ धेरै जसो मदिराका अधिकृत विक्रेता दर्ता र नविकरण बाटै संकलन भएको छ,‘। गत आर्थिक वर्षमा १ करोड ५० लाख राजस्व संकलन भएको थपलीयाको भनाई छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget