Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

राप्रपा नेपालको अविधेशन सम्पन्न गर्न विभिन्न उपसमितीहरु गठन

राप्रपा नेपालको अविधेशन सम्पन्न गर्न विभिन्न उपसमितीहरु गठन
जितेन्द्र भण्डारी÷ पाँचथर,जेठ १८,
राप्रपा नेपाल पाँचथरको अधिवेशन नजिकिँदै जाँदा पाटी अहिले अधिवेशनको तयारीमा जुटेको छ ।
पाटीको आज फिदिम स्थित पाटी कार्यालयमा भएको भेलाले चुनावलाई सब्य र भब्य रुपमा सफल पार्न विभिन्न समिती तथा उपसमितीहरु गठन गरेको छ ।
हरि प्रकाश सुवेदीको संयोजकत्वमा ३ सदस्य निर्वाचन समिती, टिकाहाङ जवेगुको संयोजकत्वमा आर्थिक उपसमिती,कमल बहादुर चेम्जोङको संयोजकत्वमा ब्यवस्थापन समिती, प्रयागराज सुवेदीको संयोजकत्वमा प्रचार प्रसार तथा जनसम्पर्क उपसमिती,बलबुर्जा मगरको संयोजकत्वमा जनस्वयमसेवक परिचालन समिती गठन गरिएको छ ।
घलेन्द्र बहादुर लिम्वूको संयोजकत्वमा स्वागत तथा सत्कार उपसमिती,तेज कुमार कुरुम्बाङको संयोजकत्वमा सहजीकरण तथा सहयोगि उपसमिती गठन गरिएको छ । पाटीको अधिवेशन आगामी जेठ २६ गते सदरमुकाम फिदिममा हुँदैछ ।
अधिवेशनको उद्घाटन पाटीका महामन्त्री राजेन्द्र लिङदेनले गर्नुहुने भएको छ । पाटीमा गाउँका प्रतिनिधी,क्षेत्रिय पदाधिकारी,सदस्य,जिल्ला कमिटी पदाधिकारी,केन्द्रिय कमिटी,पर्यवेक्षक गरी २ सय ५० जनाको सहभागिता रहने पाटीका जिल्ला सहसचिव तथा प्रवक्ता प्रयागराज सुवेदीले जानकारी दिनुभयो । पाटीमा सर्वसम्म नयाँ नेतृत्व चयन हुने पनि उहाँले वताउनुभयो ।
यसैविच फिदिम नगरपालिका वडा नम्बर ४ मा भएको पाटीको भेलाले टोल सुधार तथा विकाश समिती गठन गरेको छ । कमल लावतीको संयोजकत्वमा समिती गठन गरेको उहाँले जानकारी दिनुभयो । उक्त कार्यक्रममा पाटी केन्द्रिय सदस्य छविरमण सुवेदी,पाटीका मेची अंचल समन्वय समिती सदस्य तेज कुमार कुरुम्बाङ,जिल्ला अध्यक्ष घनेन्द्र बहादुर लिम्वू,पाटीका क्षेत्र नम्बर १ का क्षेत्रिय अध्यक्ष टिकाहाङ जवेगु लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget