इलाम, ४ जेठ । इलामको चुलाचुलीमा सोमबार सांझ पिकअप दुर्घटना हुँदा दुई जना घाइते भएका छन।
झापाको दमकबाट पाँचथर रबितर्फ जांदै गरेको को १ च ६०७६ नम्बरको पिकअप सांझ ५ बजेतिर चुलाचुली गाविस ९ स्थित कच्ची सडकमा अचानक पल्टिएको थियो।
दुर्घटनामा परी इलाम बाँझो ३ बस्ने २० वर्षिया समिक्षा लिम्बु र सोही गाविस २ बस्ने १३ वर्षिया खुसि लिम्बु घाईते भएकीले उपचारकालागी लाईफ लाईन अस्पताल दमकमा उपचार भइरहेको छ ।
पिकअपका चालक पाँचथर कुरुम्बा ३ का राजन लिम्बु प्रहरी चौकी पेल्टिमारीले नियन्त्रणमा लिएको छ।