
नेपाल पत्रकार महासंघ पाँचथर शाखाले पत्रकार शिब गाउलेलाई सम्मानित गरेको छ भने पत्रकार जितेन्द्र भण्डारीलाई पुरस्कृत गरेको छ । पाँचथरको फिदिममा आयोजित एक कार्यक्रमका दुई जना पत्रकारहरुलाई सम्मानित गरिएको हो । स्वतन्त्रता सेनानी पत्रकारिता पत्रकार पुरस्कारबाट नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष शिव गाउँले र स्व. हरिचरण भद्रमाण बातावरण पत्रकारीता पुरस्कारबाट राससका पाँचथर संवाददाता जितेन्द्र भण्डारी पुरस्कृत भएका हुन् । लोकतान्त्रिक, गणतन्त्र स्थापनाका लागि अमूल्य योगदान पुरयाएको भन्दै गाउँलेलाइ ११ हजार १ सय ११ रुपैया र जिल्लामा वातावरणयी क्षेत्रमा अमूल्य योगदान पुरयाएको भन्दै भण्डारीलाई ५ हजार ५ सय ५५ रुपैया राशीको पुरुस्कार प्रदान गरिएको हो । स्वतन्त्र सेनानी पत्रकारिता पुरुस्कार नेपाल पत्रकार महासंघ शाखा पाँचथर शाखाका अध्यक्ष लवदेब ढुङ्गाना जनआन्दोलनको बेला जेल परे बापत प्राप्त क्षतिपुर्तीको रकमलेले नेपाल पत्रकार महासंघ पाँचथरशाखाले स्थापना गरेको हो भने स्वर्गिय हरिचरण भद्रमाँया पत्रकारिता पुरुस्कार फिदिम १ का ब्यवसायि नरेन्द्र अधिकारीले आफ्ना दिवंगत वुवा आमाको नाम्मा स्थापना गरेका हुन् । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले गत बर्षदेखी यि पुरस्कारहरु बर्षेनी वितरण गर्दै आएको छ ।