ताप्लेजुङ,१३ जेष्ठ । ताप्लेजुङको निगुरादिन गाविसस्थित खानीडाँडा भीरबाट लडेर बृद्धको मृत्यु भएको छ।
निगुरादिन गाविस ४ बस्ने अन्दाजी ८५ वर्षिय सन्त बहादुर गुरुङको बुधबार राती सोही गाविस ६ स्थित दाजुलाई भेटेर फर्कनेक्रममा घर नजिकैको भीरबाट खसेर मृत्यु भएको हो। गुरुङको शव आज बिहान ०९३० घरदेखि करिब बिस मिनेटको पैदल दुरीमा भीरबाट खसेको अवस्थामा भेटिएको प्रहरी चौकी निगुरादिनले जनाएको छ।
घटनास्थलमा प्रहरी चौकी निगुरादिन र इलाका प्रहरी कार्याल दोभानबाट टोली खटि गई अनुसन्धान कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ।