Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

झापामा यात्रुवाहक दुर्घटना, एकको मृत्यु, १३ घाइते


झापा, १४  जेष्ठ । झापाको शिव-सतासी नगरपालिकामा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा गौरीगन्ज ५ बस्ने ५० वर्षिय घनश्याम राजवंशी रहेका छन। गम्भीर घाइते राजवंशीको उपचारकाक्रममा बिएनसि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो।
बिराटनगरबाट काकडभिट्टातर्फ जादै गरेको ना. ५ ख ४६५ नम्बरको बस मे. ३ प ८३४८ नम्बरको मोटरसाइकललाई उछिन्न खोज्दा दिउँसो ३ बजेतिर शिव-सतासी नगरपालिका ९ स्थित किरातचौकमा पल्टिएर मोटरसाइकलसंग ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक झापा खजुरगाछी ५ बस्ने ४० वर्षिय प्रकाश राजवंशी गम्भीर घाइते भएका छन। उनको बिएनसि अस्पतालमा उपचार भइरहेको छ।
मृतक घनश्याम र घाइते प्रकाश राजवंशी एउटै मोटरसाइकलमा सवार रहेका थिए।
त्यस्तै अन्य घाइतेहरुमा बसमा सवार १२ जना यात्री रहेका छन। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।
बसका चालक फरार रहेकाले प्रहरीबाट खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget