Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कांग्रेसद्धारा ध्यानाकर्षण

विराटनगर  ५ जेष्ठ । नेपाली कांग्रेस विराटनगर नगर समितीले जिल्ला खानेपानी र नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस विराटनगरका नगर सभापती भिम पराजुलीको नेतृत्वको टोलीले आज ती कार्यालयका प्रमूखहरुलाई भेटी ध्यानार्षण गराएको हो । विना तालीका गरिने लोडसेडीङले उपभोक्तालाई समस्या परेको भन्दै नेपाल विद्युत प्राधिकरण र खानेपानि धारामा नआएको भन्दै जिल्ला खानेपानी कार्यालयमा ज्ञापनपत्र वुझाएका छन् ।

ज्ञापन पत्र बुझ्दै विद्युत प्राधिकरण विराटनगर शाखा प्रमुख कुसैत यादवले सकेसम्म उपभोक्ताको मागलाई सम्बोधन गर्ने गरी काम गर्ने बताउनु भयो । उहाँले माग अनुसार मिटरबक्स नआएकाले सर्वसाधारणलाई दिन असहज भएको भन्दै भएको मिटरलाई व्यवस्थीत तरीकाले वितरण गर्न प्राधिकरण लागेको बताउनु भयो । यस्तै जिल्ला खानेपानीका प्रमुख सन्तोष रौनियारले ज्ञापन पत्र बुझ्दै विकासनिर्माणका कारण भएको टुटफुटका कारण जनताको घरघरमा पानि पुर्याउन नसकिएको वताउनु भयो । शहर सवैतीर भद्रगोल तरिकाले निमाण भए सगै खानेपानीको समस्या सिर्जना भएको वताउनु भयो ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget