Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मोरङको इटहरामा जन्ती बोकेको बस दुर्घटना, पाँच घाइते

पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्युको लागि तस्बिर परिणाम

मोरङ, जेष्ठ १२ गते।
मोरङको इटहरामा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
सिजुवाबाट जन्ती बोकेर झापातर्फ जादै गरेको मे १ ख १९६० नम्बरको बस बिहान ०७३० बजे इटहरा ३ स्थित उर्लाबारी-इटहरा सडक खण्डमा अनियन्त्रित भई दुर्घटना भएको हो।
घाइते पाँचै जनाको इटहरास्थित चेतना केयर सेन्टरमा उपचार भइरहेको छ भने बसका चालक फरार भएकाले प्रहरीबाट खोजी भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ। त्यसैगरी मोरङको बिराटनगर १४ रोडशेष चौकमा मंगलबार राती उत्तरबाट दक्षीणतर्फ जादै गरेको को १ ख १६२० नम्बरको ट्रकले ठक्कर दिएर बा ८ प ५८६ नम्बरको मोटरसाइकलका चालक बिराटनगर ६ का ३० वर्षिय कुमार प्रसाद सुवेदी गम्भीर घाइते भएका छन्।
घाइते सुवेदीलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ भने ट्रक र चालक जिल्ला प्रहरी कार्यालय मोरङमा रहेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget