Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

टिपरको ठक्करबाट मृत्यु

उर्लाबारी (मोरङ), १७ जेठ । मोरङको उर्लाबारी–४ स्थित पूर्वपश्चिम राजमार्गमा टिपरको ठक्करबाट आज बिहान एक ठेला चालकको मृत्यु भएको छ ।

गए राति १०ः३० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१ख २२०० नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका उर्लाबारी– ३ का ४० वर्षीय ठेला चालक कृष्ण मण्डलको उपचारका क्रममा आज बिहान २ः३० बजे मृत्यु भएको हो ।

मण्डलको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

ठक्कर दिने टिपर र त्यसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget