अहिले नेपालमा निक्कै राजनीतिक बहस भईरहेका छन् । राजनीतिमा भारतका विरोध गर्नेहरु निक्कै बढीरहेका छन् ।
चिनको समर्थन गरेजस्तो गर्नेहरु पनि निक्कै बढीरहेका छन् ।
नेपालमा आफै केही गर्न सक्षम छ भनेझै सवैले भारतलाई
गाली गर्नेहरुको लर्को लागेको देखीन्छ ।
सार्वभौमसत्ता देशको रुपमा नेपाललाई ब्याख्या गरिन्छ ।
आज भारतबाट हाम्रो हरेक काममा प्रयोग हुने बस्तुहरुको भरथेग छ ।
छिमेकीले म मेरो खुसी गर्छु त संग कुनै सम्बन्ध राख्दिन आ—आफनो गरिखाने भन्न पाउछ भन्ने लाग्छ ।
आज म त भारतको विरोध गर्ने पक्षमा छैन । जे सुकै भन साथीहो म भारतको विरोध गर्दिन ।
सक्छौ भने जसरी हामी भारतको भर परेर रोजी रोटी बन्द हुने अवस्था आयो त्यसरीनै हामीलाई आफुले प्रगती गरेर मित्रता गर्ने वाताबरण बनाऔ ।
भारतलाई हामी संग सम्बन्ध गास्न भित्रै देखि जागृत हुने काम गरौ न ।