Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दुईदिने उद्घोषण तालिम सम्पन्न


पथरी , ८ जेष्ठ । मोरङको पथरीशनिश्चरे गाविसमा २ दिने उद्घोषण तालिम आज सम्पन्न भएको छ ।
कोपिला बाल क्लव पथरीशनिश्चरे द्धारा आयोजना गरिएको उक्त तालिममा २२ जना सहभागि भएका थिए । 
उद्घोण , उद्घोषक , सफल उद्घोण , सफल उद्घोषक र मञ्चिय कार्यक्रमको बारेमा दुई दिन सम्म छलफल र अभ्यास गरिएको थियो । 
कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा रेडियो स्टार विराटनगरका समाचार संयोजक प्रशान्त निरौला र सह प्रशिक्षक  रेडियो मकालुका कार्यक्रम प्रस्तोता विरेन्द्रकुमार साह रहनुभएको थियो ।
कार्यक्रम पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा सञ्चालन भएको थियो ।
कार्यक्रमको समापनमा आयोजक संस्थाका अध्यक्ष आशिष विमिलीले यस्ता जीवनमा उपयोगी सिपहरु स्थानिय ठाँउमा सिकाउने अवसर पाउदा खुसी लागेको प्रतिक्रिया दिनुभएको थियो । सहभागिहरुले पनि तालिममा सहभागि हुन पाउदा गर्व लागेको र यस्ता तालीमले सकारात्मक भुमिका खेल्ने प्रतिक्रीया दिएका थिए ।



Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget