भोजपुर जेठ १४
भोजपुरको उत्तरी बोया गाविसमा आज किराँत राईहरुको महान पर्व उभौली एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
सुम्निमा पारुहाङ्ग साकेला संरक्षण समिती बोया ३ को आयोजनामा सम्पन्न कार्यक्रममा शुभकामना आदान प्रदान गर्नुका साथै साकेला सिलीको प्रर्दशन गरिएको थियो । उनीहरुले घर घरमा पुगेर साकेला प्रदर्शन गरेका थिए ।
किराँत राईहरुको कला र संस्कृति जर्गेना र उत्थानका निम्ती संगठित यस समितीका कोषाध्यक्ष गणेश कुमार राईले सम्पुर्ण किराँत तथा गैह्र किराँत लाई शुभकामना व्यक्त गर्दै आउने दिनमा संस्कृतिको संरक्षणका निम्ती सम्पुर्ण किराँतीहरु एकजुट हुनुपर्नेमा जोड दिए