Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

भोजपुर जिल्ला तदर्थ समिति गठन करसम्वन्धी अभिमुखीकरण



जेठ १८ भोजपुर
भोजपुरमा नेकपा एमाले निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको जिल्ला तदर्थ समिति गठन गरिएको छ ।
आईतबार लोकतान्त्रिक किरात राई संघका केन्द्रिय सचिव तिर्थकुमार राईको अध्यक्षतामा भएको भेलाले तीर्थकुमार राईको संयोजकत्वमा १३ सदस्यीय जिल्ला तदर्थ समिति चयन गरेको हो । तदर्थ समितिको उपसंयोजक गणेश प्रधान, सचिब अर्जुन तामाङ्ग, सहसचिव सिताराम गुरुङ्ग र कोषाध्यक्ष पार्वता भुजेल रहेका छन् ।
सदस्यहरुमा रामजी राई, निर्मला शेर्पा, लोकबहादुर मगर, बलबहादुर थामी, विजय तामाङ्ग, रजनी सुनुवार रहेका छन् । त्यसैगरी हायु र माझी तर्फबाट भने सदस्यमा मनोनित गरिने जनाईएको छ ।
गठित समितिले चाँडै नै पहिलो जिल्ला अधिवेशन गर्ने संयोजक तिर्थकुमार राईले बताउनुभयो ।े भेलाका प्रमुख अतिथि तथा पार्टी अध्यक्ष प्रेमकुमार राईले निर्वाचित पदाधिकारी सदस्यलाई बधाई दिएका थिए ।
त्यस्तै
भोजपुर नगरपालिकाले एकिकृत सम्पत्ति कर सम्वन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाको भवनमा भएको सो कार्यक्रममा राजनितिक दल, नगरस्तरीस संघसंस्था, उद्योग वाणिज्य संघ, नागरिक समाज लगायतको उपस्थीति रहेको थियो ।
तालिमको सहजीकरण कर कार्यालय धरानका प्रतिनिधीहरुले अभिमुखीकरण गरेका थिए । तालिममा सम्पत्ति कर सम्वन्धी जानकारी दिईएको भोजपुर नगरपालिकाका कार्यकारी अधिकृत तुलाराज थापा मगरले जानकारी दिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget