
जेठ १८ इटहरी
शिवसति सरगम कला मन्दिर इटहरीको आयोजनामा आगामि बिहिबार शास्त्रिय गायक एवं संगितकार भोला राईको एकल सांगितिक कार्यक्रम हुने भएको छ ।
नेपालकै पुराना गायक एवं संगितकार राईले आधुनीक गजल बाचन गर्ने कार्यक्रम रहेको आज इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको छ । इटहरीमा भएको पत्रकार सम्मेलनमा गायक तथा संगितकार राईको एक प्रस्तुति रहने गायक दुर्गा पराजुलीले जानकारी दिनुभएको छ । जग्गा खरिद तथा मन्दिर निर्माणका लागि सहयोगार्थ आयोजना गरीएको कार्यक्रममा हजारौको सहभागिता रहने आयोजकले जनाएको छ । इटहरीको रिजाल्स भिजनमा हुने कार्यक्रममा पूर्वका अधिकांस गायक तथा कलाकारहरुको सहभागिता रहने जनाइएको छ ।
राईले इटहरीमा २०४७ ४८ सालतिर पूर्वको इटहरीमा संगित सिकाउनुभएको थियो । उहा रामकुमार राजधामी, राजु केसी लगायतले संगित सिक्नुभएको थियो ।