Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मिर्गाैला रोगी छात्राका लागि सहयोगको याचना

खोटाङ, १२ जेठ । दुवै मिर्गाैैला काम नलाग्ने भएकी खोटाङ खार्पाकी एक छात्राको उपचारका लागि आर्थिक सहयोगको याचना गरिएको छ । शारदा उच्च मावि खार्पाको कक्षा १० मा अध्ययनरत १८ वर्षीया छात्रा बीना श्रेष्ठको उपचारका लागि आर्थिक सहयोगको याचना गरिएको हो ।


खार्पा–२ घर भएकी बीनाको दुई महिनाअघि देखि काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । निम्न आर्थिक अवस्था भएको परिवारमा जन्मिएकी बीनाको उपचारमा हालसम्म रु चार लाखभन्दा बढी खर्च भइसकेको पारिवारिक स्रोतले जनाएको छ ।

नियमित डायलाइसिस गराइरहेकी बीनाको उपचार गर्न अस्पतालले २० लाख रुपैयाँ खर्च लाग्ने बताएपछि समस्या भएको दाजु सुजन श्रेष्ठले जानकारी दिनुभयो । “बहिनीका लागि आमा वा बुबाले मिर्गौला त दिने हुनुभएको छ”, उहाँले भन्नुभयो, “प्रत्यारोपण गर्न मात्रै अस्पतालले रु २० लाख बढी खर्च लाग्छ भनेको छ, ऋणपान गर्दागर्दै चार लाखभन्दा बढी खर्च भइसक्यो अब त्यत्रो पैसा कहाँबाट ल्याएर जम्मा गर्ने !”

छ वर्षअघि नै मिर्गौलामा समस्या देखिएकी बीनालाई विराटनगर लगेर उपचार गराएपछि केही ठीक भएपनि हाल फेरि ठूलो समस्या देखिएको दाजु सुजनले बताउनुभयो । बहिनी बीनाका लागि ४६ वर्षीय बुबा गङ्गाबहादुर या ५३ वर्षीया आमा तारादेवी श्रेष्ठले मिर्गौला दिने तयारी गरेको सुजनको भनाइ छ ।

छ जनाको श्रेष्ठ परिवारमा बीनालाई रोगले च्यापेपछि अन्यको बिचल्ली भएको छ । उपचार गराइरहेकी बीनाको साथमा अहिले दाजु सुजन र बुबा गङ्गाबहादुर रहेका छन् ।

प्रेसरकुकर पड्किँदा बालिका घाइते

यसैबीच, खाना पकाउने क्रममा प्रेसरकुकर पड्किँदा खोटाङमा एक बालिका गम्भीर घाइते भएकी छन् । आफ्नै घरको भान्छाकोठामा खाना पकाउँदै गरेकी बुइपा–५ की १३ वर्षीया बालिका निशा श्रेष्ठ गम्भीर घाइते भएकी हुन् ।

घाइते बालिकाको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि मङ्गलबार काठमाडौँ रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ । पड्किएको प्रेसरकुकरले लाग्दा निशाको टाउकोलगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको जनाइएको छ ।

खाना पकाउने क्रममा सोमबार बेलुका प्रेसरकुकर पड्किएको आफन्तले बताएका छन् । उनी अहिलेसम्म बेहोस अवस्थामा रहेकी बुबा रामकुमार श्रेष्ठले बताउनुभयो । घाइते निशालाई मङ्गलबार बिहान जिल्ला अस्पताल खोटाङमा उपचारका लागि भर्ना गरिएकामा थप उपचारका लागि मङ्गलबार नै काठमाडौँ लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget