विराटनगर, १० जेष्ठ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशमा दिगो शान्ति स्थापना गर्न मार्गचित्र बनाएर अघि बढनुपर्नेमा जोड दिनुभएको छ ।
विराटनगरमा आज विहान सञ्चारकर्मीहरुसंग कुरा गर्दै कांग्रेस नेता सिटौलाले देशमा सुशासन, राजनीतिक स्थायीत्व, विकास र दिगो शान्ति स्थापना गर्न ठुला दलहरुले मूल गन्तब्यमा अडिएर मार्गचित्र तयार गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । उहाँले नयाँ संबिधान कार्यान्वयन गर्न सरकार र सत्तापक्ष मिलेर अघि बढनुपर्ने बताउँदै संबिधानका बिषयमा उठेका असन्तुष्टिहरुलाई वार्ताको टेबुलबाट समाधान गरिनुपर्ने धारणा राख्नुभयो । नेता सिटौलाले सबै बिषयहरुमा दलहरुबीच संबाद आवश्यक रहेको बताउँदै बजेट आएपछि सार्थक छलफलकालागि प्रयास गरिनुपर्ने बताउनुभयो ।
सञ्चारकर्मीहरुको जिज्ञासामा नेता सिटौलाले मधेशबादी दलहरुले भनेजस्तो संबिधानको पुर्नलेखन सम्भव नभएपनि आवश्यक संशोधन गर्न भने सकिने बताउनुभयो ।