Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

विवाहमा झगडा हुँदा एकको मृत्यु, कुटपिटमा संलग्न आठ पक्राउ


भोजपुर, १० जेष्ठ। भोजपुरको खैराङ गाविस ४ मा विवाहमा एक युवकलाई कुटपिट गरी हत्या गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरी आज म्याद थप गरेको छ।
खैराङ ५ बस्ने २७ वर्षिय बिरेन्द्र राईलाई कुटपिट गरी हत्या गर्ने भोजपुर होम्ताङ्ग ३ बस्ने राजिव राई, सोही ठाउँ बस्ने हेमन्त राई, मणिराम राई, होम्ताङ्ग ४ बस्ने प्रकाश राई, राजन राई, रमेश राई, प्रातु भन्ने प्रताप राई र खैराङ ४ बस्ने तारा कुमार राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेको हो।

गतजेष्ठ ६ गते राती १ बजेतिर खैराङ गाविस ४ बस्ने थामध्वज राईको छोरा धनजीत राईको विवाहमा वादविवाद हुँदा ती युवाहरुको कुटाईबाट बिरेन्द्र राई र राजकुमार राई गम्भीर घाइते भएका थिए।
बिरेन्द्रको उपचारकालागी धरानतर्फ ल्याउनेक्रममा मृत्यु भएको थियो। अर्का घाइते राजकुमार राईको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
घटना पश्चात फरार भएका ती युवाहरुलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय घोडेटारबाट परिचालित टोलीले भोजपुरका बिभिन्न स्थानबाट पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ।
पक्राउ परेका आठै जनालाई जिल्ला प्रहरी कार्यालय भोजपुरको हिरासतमा राखि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget