Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मनायो रजत जयन्ती प्रेस युनियनले


कुमोद अधिकारी
विराटनगर  १३ ,जेठ । नेपाल प्रेश युनियनको स्थापना भएको २५ वर्ष पुगेको अवसरमा प्रेश युनयन मोरंङले विराटनगरमा आज सुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा वोल्दै नेपाली कांग्रेस मोरंङका सचिव नागेश कोइरालाले आफनो पेशागत हक अधिकारका लागी सवै पत्रकार मिलेर अघि वढनुपर्ने बताउनुभयो ।
नेपाल प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष लिलावल्लभ घिमिरेले अहिले एमालेको सरकार र एमालेकै संचारमन्त्री भएकाले पत्रकारहरुको अधिकारका लागी प्रेश चौतारीले दवाव दिनुपर्ने बताउनुभयो ।
प्रेश युनियन मोरंङ उपाध्यक्ष कुमार लुइटेलको सभापतीत्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस नगर सभापती भिम पराजुली, नेपाल पत्रकार महासंघ मोरंङका उपाध्यँक्ष वन्धु पोखरेल, क्रान्तीकारी पत्रकार महासंघका केन्द्रिय सदस्य विवेक गौतम, प्रेश चौतारीका मोरंङ अध्यक्ष रामचन्द्र अधिकारी , प्रेश युनियनका सह–सचिव गोपाल पोखरेल तथा अग्रज पत्रकार मोहन भण्डारी, अनन्तराज न्यौपानेले शुभकामना दिनु भएको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget