Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद तोकिएका फरार ब्यक्ति पक्राउ

बिराटनगर, जेष्ठ ५ गते।
अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने सिलसिलामा क्षेत्रीय अनुसन्धान समुह (RIT) ले कर्तव्य ज्यान मुद्दामा दश वर्ष कैद तोकिएका फरार एक व्यक्तिलाई पक्राउ गरी कारागार पठाईएको छ।
सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७१।१२।०४ गतेको फैसलाले दश वर्ष कारावासको सजाय तोकिएका सुनसरी पाँचकन्या गाविस ५ बस्ने २४ वर्षिय सुनिल लिम्बुलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतमा पेश हुंदा अदालतको आदेशले फैसला कार्यान्वयनका लागी झुम्का कारागार पठाइएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाद पगेनीले बताउनु भयो।
लिम्बुलाई अनुसन्धान समुहबाट खटिएको टोलीले विशेष सुराकी परिचालन गरि उनकै घर वतनबाट पक्राउ गरओ मंगलबार अदालतमा उपस्थित गराइएको थियो।
लिम्बुलाई अदालतबाट फैसला कार्यान्वयनकालागी कारागार पठाउने आदेश भएकोले सोही दिन क्षेत्रीय कारागार झुम्का चलान गरिएको प्रनाउ पगेनीले जानकारी दिनु भयो।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget