विद्यार्थीहरुलाई सडकको प्रयोग तथा ट्राफिक नियमको पालनाबारे जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय पाँचथरले प्रशिक्षित तुल्याएका छन् । फिदिम उच्च मा।विको कक्षा ९ र १० अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक नियमको ख्याल गर्दै सडकको प्रयोग गर्नेबारे प्रशिक्षण दिएको थियो । कार्यक्रममा प्रहरी निरीक्षक विजय श्रेष्ठले सहजीकरण गरेका थिए । प्रहरीले विद्यालय सम्पर्क अभियान अन्तर्गत विद्यार्थिहरुलाई ट्राफिक नियम र सडकको प्रयोग गर्न सचेतना जगाएको हो ।
विद्यार्थीहरुलाई ट्राफिक नियम पनि सिकाइदै