विराटनगर ११ जेष्ठ । विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीको सरुवा प्रक्रिया स्थगत भएको छ । रेग्मीलाई धनुषामा स्थानीय विकास अधिकारीको रुपमा सरुवा गर्ने तयारी भएको थियो ।

तर, तत्काललाई मन्त्रलालयले उनीसहित विभिन्न २२ जिल्लाका स्थानीय विकास अधिकारी र २१ अधिकृतसमेत ४३ जनाको सरुवाको रोकिएको हो ।
सामान्य प्रशासन मन्त्री रेखा शर्माले सरुवाको सहमति नदिएको कारण सबै सरुवा रोकिएको छ । रेग्मी विराटनगरमा आएर विकास निर्माणमा कार्यमा सक्रिय हुँदा निकै लोकप्रिय बनेका छन् ।
मन्त्रीले आर्थिक वर्षको अन्त्यमा सरुवा गर्न नहुने अडान लिएको बताइएको छ । रेग्मीलाई धनुषामा सरुवा गर्ने तयारी भएको थिययो । विराटनगरमा सोलुखुम्बुका स्थानीय विकास अधिकारी महेश पराजुलीलाई ल्याउने तयारी थियो ।