झापा, जेष्ठ ८ गते ।
झापाको शिव-सतासीस्थित दुई ठाउँबाट प्रहरीले शुक्रबार सखुवाको अवैध काठसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी सहायक निरीक्षक भुवन सिंह बोगटीको कमाण्डमा खटिएको मोवाईल टोलीले शुक्रबार राती शिव-सतासी नगरपालिका ६ स्थित रतुवामाई बृक्षारोपण आयोजनाको जंगलबाट लुकाई लैजान तयारी अवस्थामा राखिएको १२ थान सखुवाको गोलिया काठ बरामद गरेको हो भने सोही नगरपालिका ९ दोमुखा स्थित माईखोलाको किनारबाट चिरान गरी लैजादै गरेको अवस्थामा २० थान सखुवाको फेन्टासहित सोही ठाउँका ३२ वर्षिय प्रतिक लिम्बु र २४ वर्षिय प्रेमनाथ योगीलाई नियन्त्रणमा लिइएको हो।
बरामद काठ र मानिसलाई अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ।