Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

चोर पक्राउ


विराटनगर ११ जेष्ठ । विराटनगरको विभिन्न स्थानबाट ब्याट्री लगायत अन्य सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरीको आरोपमा सुरज उराव, मुकेश उराव, सुनिल उराव र टाईली भन्ने फुलकुमारी उरावलाई प्रहरीले चोरीका सामान सहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्ने सबैजना विराटनगर–५ का रहेका छन् । पक्राउ परेकाहरुले पटक–पटक सवारी साधनको ब्याट्री, साउण्ड बक्स लगायत दुरसञ्चार र बिद्युतको तामाको तार समेत चोरी गर्ने गरेको प्रहरीले बताएको छ ।
उनीहरुबाट ७६ हजार सात सय मूल्य बरावरको चोरीका सामान बरमाद गरेको छ । उक्त सामान सहित पक्राउ गरी कानूनी कार्वाही अगाडी बढाईएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget