Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

छलफल र शुभकामना आदानप्रदान गरी नेपाल प्रेस यूनियनको रजत वर्ष मनाइयो,



प्रेस यूनियनको लागि तस्बिर परिणाम

पाँचथर,जेठ १३,
नेपाल प्रेस यूनियनको अभियान,भौतिक र पेशागत सुरक्षा सहित पत्रकारको सम्मानजनक पहिचान भन्ने नाराका साथ आज नेपाल प्रेस यूनियनको २५ औ रजत वर्ष पाँचथरमा पनि मनाएको छ ।
नेपाल प्रेस यूनियन शाखा पाँचथर शाखाले छलफल तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी मनाएको हो ।
कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका पाँचथर सभापती नरेन्द्र कुमार केरुङले संचार क्षेत्र निष्पक्ष हुनु पर्ने भए पनि पाटिगत स्वामित्व बढी मात्रामा लागू हुने केरुङको आरोप छ ।
उहाँले सवैलाई समान रुपले स्थान दिन नसक्ने भए स्वतन्त्र पत्रकारीताको ओकालत नगर्न र मुख पत्र भएर काम गर्न आग्रह पनि गर्नुभयो ।
लोकतन्त्र बेगरको गणतन्त्र र संघियताले कुनै अर्थ नराख्ने भन्दै सवैले लोकतन्त्रको मर्मर मान्यतालाई स्विकार्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
सोहि कार्यक्रममा नेपाली कांग्रेस पाँचथरका सचिव रुपनारायण जबेगूले सञ्चारले शैक्षिक र राजनितिक जगतमा देखिएका विकसती विसंगतीलाई भण्डाफोर गर्न आवश्यक भएको औल्याउनुभयो । उहाँले पत्रकारहरुले निस्पक्ष पत्रकारितालाई अबलम्बन नगरे पेसागत सुरक्षामा चुनौति आउने भन्दै निष्पक्ष पत्रकारितामा लाग्न सुझाव दिनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरका अध्यक्ष लव देव ढुङगानाले जिल्लाको पत्रकारिता विकृत भएको वताउँदै आस्थाको राजनितीक दल उन्मुुख समाचार संप्रेषणको गलत अभ्यास सुरु भएको भन्दै यसको अन्त्य हुनु पर्ने बताउनुभयो ।
उहाँले विश्वसनिय पत्रकारिताको लागि स्वतन्त्र पत्रकारिता हुनु पर्ने भन्दै पेसागत सुदृढीकरणको आवश्यक भएको औल्याउनुभयो । कार्यक्रममा गैसस महासंघ अध्यक्ष वालकृष्ण ओझा,उद्योग वाणिज्य संघ पाँचथरका वरिष्ठ उपाध्यक्ष गोविन्द ढकाल लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो ।
प्रेस यूनियनका अध्यक्ष लक्ष्मी गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस यूनियनको इतिहास,उदेश्य र योगदानका विषयको चर्चा गर्दे यूनियनका उपाध्यक्ष तथा इगल एफ.एमका स्टेशन म्यानेजर जितेन्द्र भण्डारीले स्वागत मनतब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन सचिव भिम बाँस्कोटाले गर्नुभएको हो । रासस

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget