स्वरूपको "म मरे भने" सार्वजनिक " भिडियो सहित"
भोला अधिकारी
जेठ ५, काठमाडौं । चर्चित गायक स्वरुपराज आचार्यको ‘म मरे भने’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । हरेन्द्र खत्रीको निर्देशनमा तयार भएको ५ मिनेट ११ सेकेण्ड लामो भिडियो युटुब च्यानल मार्फत सार्बजनिक भएको हो ।
पुर्बमा निर्माण भएको भिडियो पुरानै शैलीको भएपनि सशक्त पारिवारिक कथा झल्किएको छ । राजन गुरागाई, करुण, आरोही सापकोटा लगायत धादर्जन कलाकारको अभिनय रहेको घिडियोलाई सुमन योञ्जनले खिचेका हुन् । भिडियोको सम्पादन भने सहयाक निर्देशक शिशिर बुढाथोकीले नै गरेका हुन् । टंक बुढाथोकीको संगीत भरेका छन् भने गीतलाई पदम सापकोटाले लेखेका हुन । गीत निकै राम्रो बनेको र दर्शकले मन पराउनेमा यस गीतका संगीतकार टंक बुढाथोकीको भनाई छ ।
https://www.youtube.com/watch?v=6wqD8kDPFN0