Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बुद्ध जयन्तीको तयारी तीव्र

लुम्बिनी ५  जेठ । पच्चीस सय ६०औं बुद्धजयन्ती तथा लुम्बिनी उत्सव नजिकिँदै गर्दा लुम्बिनीमा तयारी तीव्र पारिएको छ । लुम्बिनी विकास कोषका विभिन्न तयारी उपसमितिले दिनरात काम गरिरहेका छन् ।

मायादेवी मन्दिर, परिक्रमा, पोखरी, सडक सरसफाइ र रङरोगनका काम भइरहेका छन् । कोषले मायादेवी मन्दिरको रङरोगन, पोखरीको सरसफाइलगायत काम अमानत प्रक्रियाबाट गराइरहेको छ । चारैतिर झण्डा, तुल, ब्यानर र पतकाले लुम्बिनी विकास क्षेत्र दुलही झैँ सिङ्गारिएको छ । कोष क्षेत्रभित्र बगैँचा, सडक तथा फुटेका टायल मर्मतका काम गर्न दैनिक २०० भन्दा बढी कामदार खटाइएका छन् । 


परिक्रमा पोखरी वरिपरिको घाँस काटेर सफा गरिएका कारण त्यो क्षेत्र सुन्दर देखिएपनि पोखरीमा पानी सुकेका कारण केही खल्लो महसुस भएको छ । कोषले आफ्नो क्षेत्रभित्र र बाहिरसमेत सरसफाइका काम गरिरहेको कोषका प्रशासन प्रमुख चुरामणि भट्टराईले बताउनुयो ।

शान्तिदीपदेखि मायादेवी मन्दिर, पर्सा चौराहादेखि बुद्ध जयन्तीको मुख्य समारोहस्थल म्युजियमसम्म र केन्द्रीय नहरको दायाँबायाँ समेत ध्वजापतकाले झकिझकाउ पारिएको छ ।

कोष क्षेत्रभित्र र बाहिर बनाइएका अस्थायी टहरा, टङ्की, त्रिपाल हटाएर मायादेवी मन्दिर प्रवेश गर्ने मुख्यद्वार खाली गरिएको छ । उक्त क्षेत्रमा यही जेठ ६ देखि ८ गतेसम्म सवारी पार्किङ निषेध गरिएको लुम्बिनी विकास कोषका सुरक्षा अधिकृत लीलाबहादुर श्रेष्ठले बताउनुभयो ।

बुद्ध जयन्ती मुल समारोहस्थलमा भव्य टेण्ट लगाउन भैरहवास्थित पटवा टेण्टसँग रु २० लाखमा सम्झौता गरिएको छ । काठमाडौँमा आयोजना हुने बौद्ध गोष्ठीमा सहभागी हुन आउने विदेशी पाहुनासमेत बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आउने कार्यक्रम रहेकाले लुम्बिनीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसैगरी बुद्ध जयन्तीको अवसर पारेर होटल एसोसिएसन लुम्बिनीले आयोजना गरेको लुम्बिनी उत्सवको तयारी पनि पूरा भएको छ । उत्सवको तयारीस्वरुप लुम्बिनीस्थित महिलबार बजार सिङ्गारिएको छ । प्रत्येक घरमा दीपावलीका लागि स्थानीयले तयारी गरेका छन् ।

उत्सवअन्तर्गत यही जेठ ६ देखि ८ गतेसम्म साँझमा स्थानीय विराहा संस्कृतिको प्रदर्शन गर्ने, दीपवाली गर्ने, पूर्णीमाका दिन चन्द्रमाको प्रार्थना गर्ने, बौद्ध प्रार्थना गर्ने, बुद्ध जयन्तीमा सहभागी हुन आउनेलाई निःशुल्क पानी खुवाउनेलगायत कार्यक्रम छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget