जेठ १७ इटहरी सुप्रिया राई
पत्रकार सम्मेलनमा ब्लूडाईमण्ड सोसाईटी अर्थात सहारा समाज इटहरीेले पत्रकार सम्मेलन गरी देशको कुल जनसङ्ख्याको झण्डै १० प्रतिसत नेपालीहरु पनि तेस्रोलिङ्गी वा समलिङ्गी र फरक शारीरिक क्षमताका मानिस रहेकाले उनीहरुलाई पनि संविधानले दिएको अधिकारमा टेकेर ऐन कानुन बनाई समान अधिकारको प्रत्याभूति दिलाउन जरुरी रहेको पनि ब्लूडाईमण्ड सोसाईटीलेसम्मेलनमा स्पष्ट पारिएको छ ।नर्बेजियन दूतावासको सहयोगमा सञ्चालित ब्लूडाईमण्ड सोसाईटीले पूर्वी नेपालमात्र झण्डै १५देखि २० हजार जनसङ्ख्या तेस्रोलिङ्ग रहेको अनुमान गरिएको पनि अभियानकर्मी अनुष्का भुजेलले जानकारी दिनुभयो ।सुमन तामाङले फरक क्षमता भएका अथवा तेस्रोलिङ्गी वा समलिङ्ग जो सुकैलाई पनि राज्यले समान रुपमा हेर्ने दृष्टिकोण बनाउन जरुरी रहेको छ भन्नुभयो । सोही अवसरमा पहिचान रेडियो कार्यक्रमका उत्पादक सञ्चारकर्मी नरेश फुँयालले पनि नेपालमा तेस्रोलिङ्गहरुले भोग्नु परेका पीडा आदिका विषयमा प्रकाश पार्नुभएको थियो । उहाँले नेपाली सञ्चारमाध्यमले तेस्रोलिङ्गलाई मुल प्रवाहमा समेट्न स्थान दिईनु पर्ने कुरा बताउनुभयो । नेपालको संविधान २०७२ ले तेस्रोलिङ्गी समुदायलाई अधिकार दिएको ग्यारेण्टी गरेर त्यो समुदायलाई समेत समेटेकोमा खुशी ब्यक्त गरिएको छ । संविधानले प्रत्याभूत गरेका विषयलाई कानुन र ऐनमा कसरी समेटिने हो तथा त्यसको कार्यान्वयन पक्ष कस्तो हुने हो भन्ने विषय भने अझै अन्यौलग्रस्त रहेकाले राज्यले ऐन एवम कानुनमा पनि तेस्रोलिङ्गी समुदायलाई अधिकार दिने विषयलाई खुल्ला दिल राखेर बनाईनु पर्ने कुरामा ध्यानाकर्षण समेत गराएको छ ।नेपालको सरकारले तेस्रोलिङ्गलाई मुल प्रवाहिकरणमा समेट्ने विषयमा आनाकानी गर्दै आएको र बजेट प्रस्तुत गर्दा तेस्रोलिङ्गलाई नसमेटेकोप्रति गम्भीर बन्न सरकारलाई आग्रह गर्दै ब्लूडाईमण्ड सोसाईटीले संविधानले दिएको अधिकार उपभोग गर्नका लागि राज्यले बजेट समेत छुटाउनु पर्दछ भन्ने माँग समेत गरेको छ ।