Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मैले नियम विपरित सुरक्षाकर्मी राखेको छैन, भए फिर्ता लैजानुहोस्ः भट्टराई

जेठ १२

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो सुरक्षाका लागि सरकारले नियमविपरित सुरक्षाकर्मी खटाए भए फिर्ता लैजान भनेका छन्।
पूर्वपदाधिकारीलाई सरकारले उपलब्ध गराएको सुरक्षाकर्मीका विषयमा समाचार बाहिर आइरहेको बेला बुधबार उनका स्वकीय सचिव विश्वदीप पाण्डेले एक विज्ञप्ति जारी गर्दै अनावस्यक र नियम विपरितको सुरक्षा आफूलाई नचाहिएको स्पस्ट पारेका हुन्।
बाबुराम भट्टराईको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु उनले माग गरेर नभई सरकारले नै उपलब्ध गराएको उनले स्पष्ट पारेका छन्। ‘मलाई यति नै संख्यामा सुरक्षाकर्मी चाहिन्छ भनेर उहाँले कहिल्यै पनि सरकारसँग माग गर्नुभएको छैन । सरकारले जे जति सुरक्षाकर्मीहरु पठाएको हो त्यही टोली नै उहाँको सुरक्षामा खटिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
केही दिन अघि मात्रै नेपाल सरकारका मुख्य सचिवलाई भेटेर भट्टराईले नियमअनुसार मात्रै आफूलाई सुरक्षा प्रदान गर्न आग्रह गरेका थिए। ‘उहाँले नियमविपरित कुनै पनि सेवासुविधा आफूलाई नचाहिने स्पष्ट गर्दै उहाँले नियमविपरित सरकारले सुरक्षाकर्मी पठाएको भए फिर्ता गर्न पनि आग्रह गर्नुभएको थियो,’ विज्ञप्तिमा भनिएको छ।
गत असोजदेखि (नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि) हालसम्म बाबुराम भट्टराईले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अगुवा र पछुवा गाडी समेत प्रयोग नगरेको स्मरण गर्दै  विज्ञप्तिमा भनिएको छ, ‘उहाँले प्रयोग गर्ने गाडीमा नै एक जना नेपाल प्रहरीबाट र एक जना सशस्त्र प्रहरी बलबाट गरी दुई जना सुरक्षा अधिकृत लिएर हिँड्ने गर्नुभएको छ ।’

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget