Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

विद्युत् चोरी गर्नेहरुबाट आठ लाख असुली

पाल्पा, ११ जेठ । विद्युत् प्राधिकरण पाल्पाले विद्युत्को चोरी गरी प्रयोग गर्नेहरुबाट रु आठ लाख असुली गरेको छ ।वैशाख महिनामा मात्र प्राधिकरण पाल्पाले रु आठ लाख जरिवाना सङ्कलन गरेको हो । प्राधिकरणले वैशाख महिनामा विद्युत् चुहावट र विद्युत् चोरी नियन्त्रण अभियान सञ्चालन नै गरेको थियो । 


प्राधिकरणले जिल्लाको कसेनी, सोमादी, छहरा, भुवनपोखरी, चिदीपानी, चापपानी र तानसेन नगरलगायतका क्षेत्रमा निगरानी बढाएको थियो । विद्युत् चोरी गरी प्रयोग गर्नेहरुबाट रु एक लाख ४९ हजारसम्म जरिवाना असुली गरेको हो ।

दुई कुटानी पिसानी उद्योग र १४ घरमा विद्युत् चोरी गरी प्रयोग गरेको विद्युत् प्राधिकरण पाल्पा शाखाका प्रमुख कपिलराज पाण्डेले बताउनुभयो । विद्युत् तारबाट तानेर मिटरमा नै रेर्कड नदेखिने गरी सिधै बत्ती बालेका हुन् ।

विद्युत् चोरी गर्ने समाजका प्रतिष्ठित व्यक्तिसमेत रहेका छन् । विद्युत् कार्यालयका कर्मचारी शिक्षक, पत्रकार र दलका नेतासमेत विद्युत् चोरी प्रयोग गर्दै आएको प्राधिकरणले जनाएको हो ।

विद्युत् प्राधिकरणले जरिवाना तिरेकाले नाम खुलाउन नमिल्ने जनाएको छ । केही विद्युत् चोरी गर्ने भने पटकपटक जरिवाना शुल्क तिर्दै आएका हुन् । विद्युत् मिटर रिडर उपभोक्ताका घरमा नपुग्दा विद्युत् चोरीका घटना बढेका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget