Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कलाकारीता क्षेत्रमा राम लामीछाने आफ्नो चाहना पुरा गर्दै चर्चामा



सुप्रिया राई इटहरी   सानै उमेर देखी कलाकारीता क्षेत्रमा काम गर्न रुची भएको  राम लामीछाने उच्च शिक्षाको लागी काठमाण्डौ गए पछि मात्र आफ्नो चाहना पुरा भएको वताउछन्  । भोजपुर जिल्लाको देउराली गा.वि.स.मा वावा मान वहादुर लामीछाने र आमा निरमाँयाको कोख वाट जन्मनु भएका रामले परदेशजादैछु माया,टुहुरो भयो जिन्दगी,स्वार्ग जस्तै सुन्दर लाग्छ पिरतीको गाउ लगायत ८ वटा म्यजिक भिडीयोमा दर्शकलाई प्रभावित पार्ने अभिनय  गरेर राम आम दर्शक माझ स्थापित भैसकेका रामलाई अहिले कामको भ्याईनभ्याई भएको वताउछन् । त्यसै गरी रामले नेपाली चलचित्र  भिमदत्त मा पनि सफल अभिनय गरीसकेका छन् ।आफु संग प्रसस्त प्रतिभा भएको वताउने राम दर्शकको माग र चाहानलाई ध्यानमा राखेर अभिनय गर्न रुचाउछन् । पहिलाको जस्तो दर्शक नभएर अहिलेको दर्शकहरु धेरैनै चलाख भैसकेको कारण अव आउने फिल्महरु पनि दर्शकको माग अनुसार वनाउनसके धेरै दर्सकले नेपाली फिल्म हेर्ने र नेपाली कलाकारहरुको भविष्य पनि निक्कै उज्जलहुने राम वताउछन् ।राम हेर्दा हल्का चुल्वुले जस्तो देखिने राम आफ्नो फ्यान भने पछि भुतुक्कै हुने स्वभावका छन् ।व्यस्तताको वावजुद पनि राम जसो तसो फुर्सद मिलाएर इटहरी स्थीत हलगडामा किराना  होलसेल पसल पनि कर्मचारीको सायलते चलाउन भ्याईरहेका छन् ।संख्यात्मक रुपमा धेरै अभिनय गर्नु भन्दा छानेर उत्कृष्ट अभिनय गर्न सके दर्शकको नजरमा अटाइने राम वताउछन् ।कलाकारीता भने पछि मरिहत्ये गर्ने राम आफु भविष्यमा राम्रो कलाकारको रुपमा स्थापित हुने वताउछन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget