Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अग्नीपीडित लाई प्रवासीद्धारा राहात रकम प्रदान

अग्नीपीडित लाई प्रवासीद्धारा राहात रकम प्रदानपाँचथर÷जेठ १०,
पाँचथरको स्याबरुम्बाका अग्नीपीडितहरुलाई कतारमा रहेको अल्खोर जल मिस्नाद कम्पनीमा कार्यरत नेपालीहरुले राहत वितरण गरेका छन् ।
गत वैशाख १३ गते जंगलबाट सल्केको आगो गाउँमा पस्दा वडा नम्बर १ र २ का ६ घर जलेर नष्ट भएको थियो । अग्नी पीडित परिवार विचल्चीमा थिए । उनीहरुलाई कूल १ लाख ८८ हजार ८ सय ९० रुपैयाँ आर्थिक सहयोग गरेको
छ । अग्नीपीडितहरुलाई क्षतिको मूल्याङ्कनको आधारमा राहत रकम वितरण गरिएको हो ।
अग्नीपीडित योगेन्द्रवहादुर बोहोरा ,बमवहादुर पाण्डे र टंकप्रसाद खतिवडालाई जनही ४२ हजार ६ सय ७५ , कृष्णमायाँ दाहाललाई ३० हजार र लालहाङ चेम्जोङ र टंक शिवालाई १५ हजारका दरले राहत रकम वितरण गरिएको हो ।
यस्तै जिल्ला जनस्वस्थ्य कार्यालय पाँचथरबाट वडा नम्बर २ कि स्वयवसेवीका लक्ष्मीदेवी खतिवडालाई ५ हजार रुपैयाँ राहत दिएको छ । यसअघि पनि अग्नीपितिहरुलाई दाताहरुले खाद्यन्न सहित नगद र भाँडावर्तन वितरण गरिएको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget