राजघाट १६ जेठ । मृगौला रोगि सुकमाया लिम्बुको उपचारमा सुर्योदय युवा परिवार राजघाट छापनले संकलन गरेको ४१ हजार २ सय १० रुपैंया हस्तान्तरण गरिएको छ ।
आज परिवारले सुकमायाको आमा देवीमायालाई उक्त रकम घरमै पुगेर हस्तान्तरण गरेको हो । सुर्योदयले अगुवाई गरेको सहयोग संकलनमा नबिन श्रेष्ठ,गजिन श्रेष्ठ र भुपेन श्रेष्ठले १० हजार,भिवी अधिकारी र बिष्णु गिरीले ५ हजार रुपैंया र टंक श्रेष्ठ र खड्ग श्रेष्ठले ६ हजार रुपैंया सहयोग गर्नुभएको थियो । यस्तै,निलम उप्रेतीले ५ हजार २ सय २० रुपैंया,रोहीत श्रेष्ठ ५ हजार २ सय २० रुपैंया,राज श्रेष्ठ ५ हजार २ सय २० रुपैंया,बिष्णुमाया रत्न ३ हजार ५ सय ५० र कर्ण मादेनले १ हजार रुपैंया सहयोग गरेको हस्तान्तरण कार्यक्रममा कार्यक्रम सन्चालन गर्नुभएका राजकुमार योन्जनले जानकारी गराउनुभयो ।
चलचित्र पत्रकार संघ पूर्वाञ्चल शाखाका अध्यक्ष सन्तोष राईको प्रमुख आतिथ्यतामा भएको हस्तान्तरण कार्यक्रममा उपचारका लागि सहयोग संकलन गर्न सक्रिय बिजय मगर,कर्ण मादेन,धनबहादुर घिसिङ,तेजु श्रेष्ठ,राजकुमार योन्जन सञ्चारकर्मी बिजय धिमाल,तेजन खड्का लगायतको उपस्थिती रहेको थियो ।
हाल सुकमायाको उपचार बिराटनगरस्थित नोबेल हस्पिटलमा भईरहेको छ भने चिकित्सकका अनुसार स्वास्थ्यमा सुधार भईरहेको बताइएको छ ।