Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु, ६ जना बिरामी


पाँचथर,  १३ जेष्ठ। पाँचथर जिल्लाको आङना गाविस १ मा जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ एकै परिवारका अन्य ६ जना सिकिस्त छन्।

मृत्यु हुनेमा आङना १ बस्ने पाँच वर्षिय सोनी माङलाक रहेकी छन। बालिकाको मौवा स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि लाईफ लाईन अस्पताल दमक ल्याइएकोमा सोही अस्पतालमा उपचारकाक्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
त्यस्तै बिरामी हुनेमा बिरेन्द्र माङलाक, पत्नी मन कुमारी, १६ वर्षिया छोरी कविता, ८ वर्षिया छोरी मनुषा, १० वर्षिया छोरा राम प्रसाद र आमा पदम माया रहेका छन्। उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ।
गतजेष्ठ १० गते पदम मायाले जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेका थिए।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget