चट्याङ लागेर मृत्यु
सुनसरी, १८ जेष्ठ। सुनसरीको नर्सिङ गाविस ८ मा आज दिउँसो चट्याङ खस्दा एक जनाको मृत्यु भएको छ।
हावाहुरी संगै चट्याङ खस्दा नर्सिङ गाविस वडा नम्बर ८ बस्ने २७ वर्षिय फटी मियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै हावाहुरीले रुख ढलेर घरमाथी खस्दा बबिया गाविस ५ का राजेन्द्र मेहताको घर क्षती भएको छ।
हावाहुरीले नजिकैको रुख ढलेर खस्दा टिनले बनेको एक तले क्षती हुनुका साथै आँगनमा बाँधी राखेको एउटा बाख्रासमेत मरेको बताईएको छ ।